दफा
उजूरी गर्न सक्ने
(१) उद्योग दर्ता गर्ने निकायले दफा ५ को उपदफा (५) बमोजिम उद्योग दर्ता गर्न अस्वीकृत गरेमा सो उपर चित्त नबुझ्ने निवेदकले त्यसको जानकारी पाएको तीसदिनभित्र मन्त्रालयसमक्ष उजूरी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजूरी परेमा मन्त्रालयले उजूरी उपर आवश्यक जाँचबुझ गरी उजूरी परेको मितिले तीस दिनभित्र सो सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।